यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगरौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताउनुभएको छ । आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताउनुभएको थियो ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’उहाँले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाअघि बोलेका ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानून आए पनि त्यो कार्यान्वन नभएको बताउनुभएको थियो । ‘तर दुर्भाग्यका साथ भन्नुपर्छ – यो कानूनलाई लागू गर्ने दिशामा कांग्रेस नेतृत्व र कांग्रेसकै सरकार उदासिन छ । म सभापतिलाई आग्रह गर्छु– श्रमिकलाई भोटको मात्र माध्यम नबनाउन आग्रह गर्छु।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार