विराटनगर विमानस्थल विस्तार गर्न भनेर रोक्का राखिएको जग्गा फुकुवा गर्न वा मुआब्जा दिन कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर काइरालाले विराटनगर विमानस्थल विस्तार गर्न भनेर दुई वर्षदेखि रोक्का राखिएको घरजग्गा कारोबार फुकुवा गर्न वा स्थानीयलाई मुआब्जा दिन माग गर्नुभएको छ ।

उहाँले सामाजिक सन्जालमा एक पोष्ट गर्दै विराटनगर महानगरपालिका–४ का स्थानीयलाई मुआब्जा दिन वा जग्गा खरिदबिक्रीमा लगाइएको रोक फुकुवा गर्न माग गर्नुभऐको हो ।

उहाँले लेख्नुभएको छ, ‘विराटनगर विमानस्थल विस्तार गर्न सरकारले दुई वर्षदेखि विराटनगर–४ मा रहेको घरजग्गा खरिद–बिक्री तथा बैंकिङ कारोबारमा रोक लगाएको छ । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । कि त उनीहरुलाई तत्काल मुआब्जा दिन, होइन भने खरिद–बिक्रीमा लगाइएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार