कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्‍याउन सकिएन : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताउनुभयो ।

कोभिड १९ का कारण शैक्षिक सत्र असारमा पुगेकोमा यो बर्षदेखि शैक्षिक सत्र १ महिना अगाडि सार्नु र कागज अभाव भएका कारण पुस्तक प्रकाशनमा ढिलाई भएको दावी गर्नुभयो । उहाँले पुस्तक छाप्नका लागि प्रमाणित भएको गुणस्तरीय कागज विदेशबाट ल्याउनुपर्ने भएकोले सहज रुपमा आपूर्ति हुन नसकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो–‘म आफैंपनि ५ पटक जनक शिक्षामा पुगेको छु ।

समयमा पाठ्यपुस्तकपु¥याउने कुरा हामीले सार्वजनिक रुपमा गरेको हुँदा त्यसका लागि हामीले अहोरात्र ध्यान दियौँ । तर दुर्भाग्य कागजको आपुर्ति समयमा हुन सकेन । निर्वाचन आयोगले गरेको चुनावमा जनक शिक्षाका कर्मचारीपनि जानुपर्ने बाध्यात्मक स्थिति बन्यो । जसले गर्दा पाठ्यपुस्तक पु¥याउन १५ दिन ढिला भएको जानकारी गराउन चाहन्छु ।’ उहाँले पढाईमा बाधा नपरोस् भनी सामुहिक अध्ययनका लागि बैकल्पिक व्यवस्था गरिएको जानकारी गराउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार