मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ ।

मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताउनुभयो ।

चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उहाँले बताउनुभयो । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने बताउनुभयो । विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस्था नभएको बताउनुभएको छ ।​ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार