बागमती प्रदेशलाई ३ वर्षमा बीउमा आत्मनिर्भर बनाउने घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्दै बीमा आत्मनिर्भर बन्ने घोषणा गरे । उनले यस कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरेको समेत घोषणा गरे । यस कार्यक्रमले प्रदेशलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउने जम्कट्टेको लक्ष्य छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार