विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम (फोटो फिचर)

  धनिलाल गर्बुजा

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय  स्तरीय सामुहिक लोकनृत्य  प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र मौवाफाँटको सभाहलमा भएको अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्नाम प्रथम भएको हो।

त्यस्तै प्रतियोगीतामा माध्यमिक विद्यालय तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र मुक्तिधाम मावि भगवती सान्त्वना स्थान हासिल गरेका छन्। अधरभुत तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र महेन्द्र मावि झिं सान्त्वना स्थान हाँसिल  गरेका छन् ।

उक्त आधरभुत र माध्यमिक तहकमा प्रथम, द्वितिय, तृतीया र सान्त्वना हुने १/१ समुहलाई क्रमशः विस हजार, दश हजार, आठ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नृत्य प्रतियोगितामा आधरभुत तर्फ ९ र माध्यमिक तहका ८ गरी जम्मा १७ विद्यालय सहभागी भएका थिए। भागलिने विद्यालयहरु क्रमशः नर्थ स्टार ईङलीस बोर्डिङ्ग, शिव आवि, शिद्धार्थ अवि, ज्ञानोदय आवि, महेन्द्र आवि, कालिका आवि, मुक्तिनथ आवि, जनता आवि, महादेव आवि, कालिका मावि, रघुगंगा मावि, महादेव मावि, ज्ञानोदय मावि, महेन्द्र मावि, मुक्तिधाम मावि, जनता मावि र अमर मावि पाखापानी रहेको थियो।

कार्यक्रमको निर्णायक सदस्यहरुमा कृष्णप्रसाद सुवेदी, ध्रुर्ब जिसी र राजकुमार परियार रहेका थिए। नेपाली कला, भाषा, धर्म संस्कृति तथा रीतिरिवाज झल्कने खालको नृत्यलाई प्रोत्साहन दिएको रघुगंगा शिक्षा प्रमुख प्रशासकीय अधिकृत तथा निर्णायक, सुवेदीले जानकारी दिनु भयो।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुका बीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको बताउनु भयो। विजयी समुह र उपस्थिती सबैलाई धन्यवाद दिदै ‘आउने बर्षहरुमा पनी हाम्रो गाउँपालिकाले उपस्थिति गराएर यहाँहरुलाई सम्मान गर्ने छ याहाँहरुलाई परिचय गर्ने समय मिलाउने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उहाँले भन्नु भयो। मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्न आफूहरू प्रतिबद्ध रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्यवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले  प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । ‘गाउँपालिकाले आयोजना गर्ने हरेक कार्यक्रममा याहाँहरुको सहभागिता अनिवार्य छ भन्ने शन्देश पु¥याईदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ उहाँले भन्नुभयो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका असइ दुर्गा अधिकारीले बालविवाह, बहुविवाह, आत्महत्य दुरुत्साहन र जबरस्जस्ती करणी, सम्वन्धि जनचेताको सहजीकरण गर्नु भएको थियो। उहाँले समाजमा हुने सानातिना अपराधका घटनालाई समयमै रोक्न नसकेमा यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताउँदै सबै मिलेर सामाजिक कुरितीको अन्त्य गर्नेतर्फ लाग्नुपर्नेमा सचेत हुनु पर्ने बताउनु भयो । जनता मावि दग्नामका प्रअ गुन पुनले बिधार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न र बालबालिकाको सृजनाशील क्षमतालाई अभिबृद्धि गरी समाजमा सकरात्मक परिवर्तन ल्याउनको लागी यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो।

गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी पुनको अध्यक्षता, खगराज सुवेदीकाे स्वागत र सावित्रा सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा इन्सेक म्याग्दीका प्रतिनिधि, मिलन म्याग्दीका प्रतिनिधि, अभिभावक, शिक्षक शिक्षिका, कर्मचारी, बिधार्थी लगायत २०० जनामा बढीको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार