बजेट बनाउँदा नै व्यापारीका प्रतिनिधि राखेर कमिसन खाने काम भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखिएको बताउनुभएको छ । व्यापारीका प्रतिनिधि राखेर बजेट बनाउनुअघि नै कमिसन खाने काम भएकोसमेत ओलीले आरोप लगाउनुभएको छ ।

‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ। बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशकोरु,’ पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई आज काठमाडौंमा प्रशिक्षण दिने कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो।

अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिवलगायतले बजेट निर्माण गर्ने भए पनि अनधिकृत मानिसहरूले यसपालि बजेट बनाएको उहाँको भनाइ थियो।‘अनधिकृत मानिसलाई ल्याएर, सेटिङ गरेर करका दर तोकियो,’ उहाँले भन्नुभयो, ‘कमिसन खाएर करका दर तोकिन्यो, यस्तो त कुनै राज्यमा हुन्न। कुनै प्रणालीमा कल्पना गर्न सकिन्न। पञ्चायतकालमा पनि यस्तो हुँदैनथ्यो।’

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयभन्दा बाहिरका मानिस ल्याएर करका दर हेरफेर गरेका खबरहरू प्रकाशित भएका थिए। यसबारे संसदमा बोल्दै शर्माले अनधिकृत मानिसले बजेट नबनाएको बतानुभएको थियो । यसैबीच एमाले अध्यक्ष ओलीले स्थानीय चुनावमा घेराबन्दीका बीचमा पनि एमालेका उम्मेदवारहरू निर्वाचित भएको भन्दै बधाई दिनुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार