एमालेले एसपीपीमा सम्झौता गरेको लिखत भए संसदमा पेश गरियोस् ,म पूर्ण जिम्मेवारी लिन्छु : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गर्नुभएको छ ।

बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गर्नुभएको थियो। संसदबाट प्रचण्डलाई चुनौती दिँदै पोखरेलले भन्नुभयो, ‘हिम्मत छ भने ओलीको पालामा यो भएको छ भनेर प्रस्तुत गर्नुस्, होइन भने उहाँले क्षमा माग्नुपर्छ ।’

हिम्मत भए गठबन्धनको सरकारले विगतमा के कस्ता कार्य एसपीपीका विषयमा भएका ती सबै सार्वजनिक गर्न आग्रह गरेका छन् । अन्यथा एमालेलाई अनावश्यक आरोप लगाउने कार्य नर्गन उहाँको चुनौती छ । उहाँ थप्नुहुन्छ, ‘केपी ओलीले नेतृत्व गर्दा म उपप्रधान एवं रक्षा मन्त्री थिएँ ।

यदि त्यसबेलाका कुनै लिखतहरु, माइनटहरु छन् भने संसदमा प्रस्तुत गरियोस । म पूर्ण रुपमा जिम्मेवारी लिन्छु ।’तर, वर्तमान सरकारले परराष्ट्रनीतिलाई कमजोर पार्ने प्रयास गरेको र यस्तो दुषित मनसायका साथ परराष्ट्र नीतिका सम्बन्धमा हुन लागेका गतिविधिहरुमा एमालेले खबरदारी गरेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘देशलाई गुमराहमा राख्ने कुराहरुको एमाले निन्दा गर्दछ ।’ अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार