संसदीय समितिले सरकारसँग माग्यो एसपीपीका दस्तावेजहरू

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सबै दस्तावेजहरु माग गरेको छ। शुक्रबार बिहान परराष्ट्र सम्बन्ध समितिले एसपीपीबारे छलफल कार्यक्रममा राखेको थियो ।

छलफल पछि समितिकी सभापति पवित्रा निरौला खरेलले सरकारसँग भएका सबै कागजात समितिलाई उपलब्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो । छलफलमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायत उपस्थित हुनुहुन्थ्यो।

सभापति निरौलाले परराष्ट्र नीति विपरीत सैन्य र सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइउनुभएको थियो।समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बैठकमा बोलाएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार