जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

‘प्रवासी म्याग्देलीहरुको दुष्टी, समृद्ध म्याग्दीको सुष्टी’ भन्ने मुल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोया द्वारा आयोजित उक्त कार्यक्रममा अध्ययनका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि तथा म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका बरिष्ठ उपाध्यक्ष ददीवल खडका र विशिष्ट अतिथी मोना आईईसीका कोषाध्यक्ष महेन्द्र खड्काले पदाधिकारी सदस्यता प्रमाणपत्र वितरण गर्नुका साथै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभएको म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाका सचिब सागर थापा बगालेले जानकारी दिनुभयो ।

संस्थाका संयोजक राम किसानको अध्यक्षता, म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका बरिष्ठ उपाध्यक्ष ददीवल खडकाको प्रमुख आतिथ्यता, मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडकाको विशिष्ट आतिथ्यतामामा सम्पन्न उक्त कार्यक्रममा मोना आईईसी एशिया प्याशिफिक संयोजक दीपक कार्की,–मोना जापानका उपाध्यक्ष बिशाल केसी,गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल,नेपाली व्यवसायी संध जापानका अध्यक्ष विजेश थकाली, गल्कोट समाज जापानका अध्यक्ष याम खत्री,

नेपाली व्यवसायी संघ जापानका सम्पुण पदाधिकारी,पश्चिमाञ्चल भलिवल संघका संस्थापक अध्यक्ष साथै तमु धी जापानका भुतपुर्व अध्यक्ष श्री गुरुङ, मोना जापानका बरिष्ठ उपाध्यक्ष विशाल केसी,मोना जापानका क्षेत्रिय उपाध्यक्ष टीका छन्त्याल,मोना जापानका महासचिव गणेश श्रेष्ठ,मोना जापानका कोषाध्यक्ष–ज्ञानेन्द्र कार्की ,मोना जापानका युवा संयोजक निरोज पुन,मोना जापानका सल्लाहकार राम खडका,मोना जापान क्षेत्रीय समिती नागोया भुतपुर्व अध्यक्ष गणेश काकी, लगाएतको उपस्थिति रहेको थियो ।

भरत केसीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा क्षेत्रीय समिति नागोया भुतपुर्व अध्यक्ष गणेश कार्की,म्याग्दी प्रवासी नेपाली संघ मोना जापानका क्षेत्रीय उपाध्यक्ष टीका छन्त्याल,गलकोट समाज जापान अध्यक्ष याम खत्री,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली,गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल,मोना जापानका वरिष्ठ उपाध्यक्ष विशाल केसी ,मोना आईईसी एसिया प्याशिफिक संयोजक दीपक कार्की,मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडका लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिति नागोयाले जापानमा रहेर पनि विभिन्न किसिमका सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ । जापानमा रहेका म्याग्देलीहरुको दुःख सुखमा साथ दिँदै आएको समितिले जापानमा नेपालीहरुको दुर्घटना, प्राकृतिक विपत्ति वा अन्य कुनै समस्या पर्दा सघाउनुका साथै आफ्नो जन्मभूमिको विकास र परोपकारी कार्यहरुमा समेत हातेमालो गर्दै आएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका विपन्न तथा असहाय व्यक्तिहरुको उपचारका लागि जापानमा आर्थिक संकलन गरी पठाउने,सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्ने लगाएतका कामहरु संस्थाले गर्दै आएको सचिव थापाले जानकारी दिनुभयो । त्यसैगरी जापानमा रहेका म्याग्देलीहरुलाई कुनै समस्या पर्दा सबैभन्दा पहिला समितिका पदाधिकारीहरु नै पुग्ने गरेका र सक्दो सहयोग तथा उद्धारका कार्यहरु गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार