विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रदेश १ को राजधानी विराटनगरको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विराटनगरलाई राजनीतिक‚ औद्योगिक एवं शैक्षिक हबका रुपमा चिनिने भन्दै यहाँको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो ।

‘प्रदेशको राजधानीको रुपमा रहेको विराटनगर एक राजनीतिक, औद्योगिक एवं शैक्षिक हबको रुपमा चिनिन्छ । यस्तो सुपरिचित विराटनगरलाई आफ्नो साख जोगाउन कठिन अवस्था छ,’ सांसद संग्रौलाले भन्नुभयो, ‘विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव छैनस केन्द्रको दूरदृष्टि पुग्न जरुरी छ ।’ उहाँले विराटनगरको औद्योगिक साख फिर्ता गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

‘हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैनन्स खण्डहर बनेका छन्स मुलुकको पहिलो उद्योग जुटमिल बन्द छस त्यहाँका मजदुर एवं कामदारहरू बिचल्लीमा छन्,’ उहाँले भन्नुभयो, ‘औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरू सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको भनिरहेका छन् ।

सरकारले विराटनगरका उद्योग बचाउन विशेष योजना ल्याउनुपर्छ ।’उहाँले विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि काम थालिनुपर्ने बताउनुभयो । ‘रोकिएको टर्मिनल भवनको निर्माण प्रक्रिया तुरुन्त सुरु हुनु पर्दछ । जग्गा रोक्का भई लामो समयदेखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग तुरुन्त पूरा गरिनु पर्दछ,’ उहाँले भन्नुभएको छ । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार