नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न सांसद पण्डितको माग

काठमाडौँ । नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

पूर्व मन्त्रीसमेत रहेका उहाँले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहस बनाएको आरोप लगाउनुभयो ।उहाँले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘२ लाख ५० हजारभन्दा बढी युवा नागरिकता सहित पहिचानको खोजीमा रहेका छन्।

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु’, उहाँले भन्नुभयो, ‘संघीय निजामती विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाउने काममा लागेको छ। त्यसकारणले संघीय निजामती सेवा ऐन, जुन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । त्यो ऐनलाई छिटो संसदमा ल्याइ पारित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार