एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक बस्दैछ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आज (सोमबार) बस्ने बैठकमा देशभरबाट करिब १५ सय जना सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले बताउनुभयो ।

बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन् । बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ ।

महासचिव डा बेदुराम भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल गरिनेछ । भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार