प्रशिक्षणका लागि राप्रपाले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौं । राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ । राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेतारकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो ।

असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो।जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।

प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरी, बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूणविक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार