रामकुमारीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने

काठमाडौँ । सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने हुनुभएको छ । सामान्यतयास् मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने हुनुभएको हो ।

एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताउनुभयो । ‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै मन्त्रीले अटेर गर्नुभयो । कहिले बालुवाटार कहिले खुमलटार पुगेर मन्त्री पद जोगाइ दिनपर्‍यो भनेर गुहार माग्नुभयो’ ती नेताले भन्नुभयो, ‘अहिले सबै मन्त्रीले राजीनामा दिएर मन्त्री निवास छोडे। झाँक्री कमरेडलाई हप्ता दिन लाग्ने भयो ।

सरकारी गाडी पनि प्रयोग गरिराख्नु भएको छ ।’ रामकुमारीलाई निवास छाड्न ढिलाइ भएकोबारे बुझ्न रातोपाटीले सम्पर्क गर्दा मोबाइल अफ थियो । झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हाल्नुभएको छ । बुद्धनगर बस्दै आएका चौधरीको डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि मंगलबार राति मन्त्री निवास पुल्चोकमा पार्किङ गरेर पुनस् डेरा फर्किनुभएको थियो । चौधरी मन्त्री भएपनि डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि समस्यामा परेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार