बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।

असार ८ गते प्रदेश खेलकुद परिषद् गण्डकीको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि गराउने खेलाडी छनोट गर्ने उद्देश्यले विद्यालय स्तरीय प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ ।

जिल्लास्तरमा हुने राष्ट्रपति कपमा विद्यालयस्तरबाट विभिन्न विद्याका सक्षम खेलाडीलाई छनोट गरेर सहभागि गराउन जिल्ला खेलकु विकास समितिले विद्यालयलाई आग्रह गरेको छ । राष्ट्रिपति कपको ६ वटा विधामा यही २३ र २४ गते हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा प्रशिक्षकसहित १११ जना खेलाडी सहभागि हुने कार्यालय प्रमुख दानबहादुर राईले बताउनुभयो ।

६ विद्याका खेलकुद प्रतियोगिता सञ्चालनलाई चुस्त बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका सचिव तारामान रोकाको संयोजकत्वमा सचिवालय उपसमिति, सदस्य कविता रोका तथा सिर्जना पाइजा र जिल्ला भलिवल संघ सदस्य रहेको छात्रा भलिवल सञ्चालन उपसमिति चयन गरिएको छ ।

त्यस्तै छात्र भलिबलका लागि सविस चोखाल, कुमार किसान र भलिबल संघको संयोजन रहनेगरि उपसमिति गठन गरिएको छ । एथलेटिक्स खेल सञ्चालनका लागि बाबुराम चोखाल, आशा रोका, विनोध घर्ती, दिपेन राई, श्यामबहादुर रोका रहेको एथलेटिक्स व्यवस्थापन उपसमिति गठन गरिएको अध्यक्षा केसीले जानकारी दिनुभयो ।

क्वड्री प्रतियोगिता सञ्चालनका लागि राजकुमार परियार, साजन फगामी र सन्तोष परियार रहेको उपसमिति गठन भएको छ । त्यस्तै मार्सल आर्ट प्रतियोगितालाई व्यवस्थीत गर्नका लागि जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बाबुराम चोखाल, कराते संघका प्रतिनिधि सुमन बानियाँ, उसु संघका प्रतिनिधि आशा रोका र सुशिल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।

राष्ट्रपति तकप प्रतियोगितामा विजेता विद्यालयलाइई ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्रदान गरिने छ । दुईदिनसम्म संचालन हुने प्रतियोगितामा अनुमानित खर्च ५ लाख रुपैयाँ कार्यालयले जनाएको छ । अनुकुल मौसमका कारण पालिकास्तरमा राष्ट्रपति कप प्रतियोगिता हुन नसकेपनि विद्यालयस्तरमा रहेका विभिन्न विद्यामा उतकृष्ट खेलाडीलाई सहभागि गराउन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले सक्रियता देखाउन अध्यक्ष केसीले आग्रह गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार