नेपाल प्रहरीद्वारा ४ सय ४३ असईको माग

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ।आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कूल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरीक्षका लागि भर्ना खुलाएको हो। साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ।

गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना प्रहरी सहायक निरीक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४ सय ४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो।यसैगरी, गत २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतबार भने नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार