कर्णालीका कानुनमन्त्रीको प्रश्न– अधिकारविहीन प्रदेश सरकारले कसरी शान्ति र अमनचयन गर्न सक्छ ?

सुर्खेत । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले संघले अधिकार नदिए प्रदेशको शान्ति र अमनचयन नहुने तर्क गर्नुभएको छ । उहाँले प्रदेशलाई बलियो बनाउनका लागि संघले प्रहरी सम्बन्धीको अधिकार दिनुपर्ने बताउनुभयो ।

सोमबार सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘ संघीय कानुन र संविधानमा प्रदेशको कानुन मन्त्रालयले शान्ति क्षेत्र अमनचयन कायम गर्ने भनेर भनिएको छ । शान्ति क्षेत्र र अमनचयन गर्ने भनेको प्रहरीले हो । तर यो प्रदेशलाई अधिकार छैन, अनि प्रदेशलाई शान्ति र अमनचयन कसरी गर्ने ?’मन्त्री शाहीले जटिलतालाई झेल्दै र चुनौतीको सामना गर्दै विपद् व्यवस्थानमा सरकार लागिपरेको बताउनुभयो । त्यसका लागि पत्रकारले ठुलो भूमिका खेल्नुपर्ने तर्क उहाँले गर्नुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार