गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो भेटघाट गर्नुभएको हो ।

गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताउनुभएको थियो । भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार