संसदमा उभिएर ओलीले सरकारलाई भने : इनफ इज इनफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उहाँले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

उहाँले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताउनुभयो । आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले इनफ इज इनफ भन्नुभएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार