मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका क्यान्सर पीडित चन्द्रकुमार केसीलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित केसीलाई युकेमा बस्नुहुने समाजसेवी पदम गर्बुजा र कतबहादुर गर्बुजाको संयोजकत्वमा संकलित एक लाख रुपैयाँ सहयोग गरिएको हो । युकेमा रहेका मराङबासीको सहयोगमा संकलित उक्त रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियान्ता पदम गर्बुजाले जानकारी दिनुभयो । उहाँले पीडित केसीको आर्थिक अवस्था कमजोर भएकोले आर्थिक सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभयो ।

गत बर्ष साउन महिनामा घाटिमा समस्या देखिएपछि चितवन स्थित भरतपुर अस्पतालमा जचाउँदा क्यान्सर रोग लागेको पहिचान भएको थियो । ४९ बर्षिय क्यान्सर पीडित केसी अहिले पोखरा स्थित फिष्टेल अस्पतालमा उपचाररत हुनुहुन्छ । केसीका तीन छोराछोरी छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा थप समस्या भएको पीडित केसीले बताउनुभयो । उहाँले उपचारमा धेरै रकम खर्च भइसकेको बताउँनुहुँदै थप उपचारका लागि आर्थिक समस्या भएको दुखेसो सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार