थप ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २० जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ सय १ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार