काठमाडौँको सडकमा अब साझाका विद्युतीय बस

साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा डेलिभर हुनेछन् ।

साझाले प्रति बस डेढ करोड रुपैयाँमा ४० वटा ९ मिटर लामो यस किसिमका बसको लागि करिब ६१ करोड खर्चिँदै छ । यसपछि १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बस ल्याउने तयारी पनि भइरहेको साझाले जनाएको छ ।

आजदेखि सञ्चालनमा आएका यी बस सेमी फ्लो अर्थात बालबालिका एवं वृद्धवृद्धा र अपाङ्गलाई चढ्नको लागि सहज हुने तथा र्‍याम्पको सुविधाका साथै वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा पनि जडित छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार