गण्डकी प्रदेशस्तरीय महिला कबड्डीको उपाधी म्याग्दीले जित्यो

म्याग्दी । पोखरामा सम्पन्न ११ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले पहिलो स्थान हासिल गरेको छ।पोखरामा सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो। यसअघि बिहीबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई १६–५० ले पराजित गरेको थियो।

कबड्डीको महिलातर्फको खेलमा म्याग्दीले उद्घाटन खेलमै कास्कीलाई ८०–३० ले पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ प्रदेशमै कास्कीलाई उपाधिको दावेदार मानिए पनि म्याग्दीसँग फराकिलो अन्तरले पराजित भएको जिल्ला खेलकुद विकास समितिका सचिव तारामान रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार महिला भलिबलतर्फ म्याग्दी तेस्रो भएको छ। पुरुष भलिबलमा भने म्याग्दी समूह चरणबाटै बाहिरिएको थियो।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको छ। बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रोस्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार