बकर इद मनाइयो

काठमाडौँ । आज मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाएका छन् । बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ ।

रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी ९बली० दिने गर्दछन् । बकर ईद (ईद उल अजहा)को अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार