१२१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १,३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो केहि दिनयता संक्रमितको संख्या बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार