मुख्यमन्त्री र मन्त्रीहरुका लागि अखिल म्याग्दीको रु १ दान अभियान (तस्बिरहरु)

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबाआमाको नाममा ट्रष्ट देखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले म्याग्दीले रु १ संकलन अभियान सुरु गरेको छ । सोमबार दिउँसो बेनीको विरेन्द्रचोकमा एक कार्यक्रमको आयोजना गरि रकम संकलन सुरु गरिएको हो ।

जनताको करबाट उठाएको रकम जनताको काममा खर्च गर्नुको साटो मुख्य मन्त्री तथा अन्य मन्त्रीहरुको बाबाआमाको स्मृति कोषको लागि विनियोजन गरि सरकारी रकमको दुरुपयोग गरेको प्रति गण्डकी प्रदेश सरकारको विरोध स्वरुप जनस्तरबाट १ रुपैयाँ संकलन गरि पठाउनका लागि अभियान सुरु गरेको अनेरास्वीयुका केन्द्रीय सविचवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, लगायत स्थानीयहरुले रकम दान गरेका छन । अखिलका जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुले स्थानीयहरु समक्ष दानको अनुरोध गरेका थिए । मुख्य मन्त्री तथा अन्य मन्त्रीको फोटो टाँसिएको दान पेटिका बनाई अखिलले रकम सहयोग मागेको छ ।

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्वर्गीय पीता गोवद्र्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख, शिक्षा, संस्कृति तथा विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापीताको नाममा ट्रस्ट बनाउन १ करोड रुपैयाँ लगायतका लागि रकम विनियोजन गरेको थियो ।यसअघि अखिल गण्डकी प्रदेश कमिटीले पोखरामा कार्यक्रम आयोजना गरि रु १ संकलन अभियानको प्रदेशव्यापी रुपमा घोषणा गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार