झिँ स्वास्थ्य चौकी भवनको उद्घाटन (तस्बिरहरु)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीलेले भवनको उद्घाटन गर्नुभएको थियो भने भवन हस्तान्तरण वडा अध्यक्ष मनबहादुर सेरपुजालाई गरिएको थियो । संघीय सरकारको कुल १ करोड ५४ लाख रुपैयाँको बजेटमा तिलक निर्माण सेवा बागलुङले ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन्न भएपछि उद्घाटन संगै हस्तान्तरण भएको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो।

भवन निर्माणको लागि २०७७ जेठट २९ गते ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाको वडा नम्बर ७ चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माणधिन अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार