मालिका गाउँपालिकाका गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण दुरदराजमा रहेका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ दिच्याम र दुखुमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरेको हो । सामुदायीक स्वास्थ्य इकाई स्थापना भएपछि सामन्य सेवा लिन दरबाङ जानुपर्ने बाध्यता हटेको वडा अध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

                            सिस्नेरीको सामुदायीक स्वास्थ्य इकाई

उहाँका अनुसार ,दुईटै इकाईमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको छ  । गाउँमै स्वास्थ्य इकाई सञ्चालन भएपछि स्थानीयबासी खुशी भएका छन् । सामुदायीक स्वास्थ्य इकाईबाट स्वास्थ्य परिक्षण ,परामर्श र निशुल्क औषधी उपलब्ध हुँदै आएको छ । खोपसम्बन्धी सेवा पनि इकाइबाटै उपलब्ध हुनेछ ।

ओखरबोट सामुदायीक स्वास्थ्य इकाई

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार वडा नम्बर ३ को पात्ले ,वडा नम्बर ४ को ओखरबोट र सिस्नेरी ,वडा नम्बर ७ को दुलेओडार ,वडा नम्बर ६ को दुखु र दिच्याम ,वडा नम्बर २ को जेम ,वडा नम्बर ५ को पन्थोकमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइएको छ । सबै सामुदायीक स्वास्थ्य केन्द्रमा गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी नियुक्त गरेर १५ असारदेखी सञ्चालनमा ल्याएको हो । यसैगरी वडा नम्बर १मा भने पौषदेखी नै सामुदायिक स्वास्थ्य इकाई  स्थापना गरेर संचालन ल्याइएको छ ।

‘गाउँपालिका भित्रका भौगोलिक रुपमा विकट बस्तीका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले गाउँपालिकाले सामुदायीक स्वास्थ्य इकाई स्थापना गरि संचालन गरेकाे छ ,’ प्रमुख प्रशासकीय अधिकृत काफ्लेले भन्नुभयो ,‘स्थापना गरिएका स्वास्थ्य केन्द्रमा करारमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । औचित्य र आवश्यकताको आधारमा निरन्तरता दिनेनदिने पछि निर्णय हुन्छ ।’स्वास्थ्य चौकी स्थापना नभएको वडा नम्बर ३ सहित भौगोलिक रुपमा विकट बस्तीमा सामुदायीक स्वास्थ्य इकाई स्थापना र संचालन गर्नका लागि गाउँपालिकाले यसअघिको गाउँसभाबाट बजेट समेत विनियोजन गरेको थियो । सामुदायीक स्वास्थ्य इकाई केन्द्र संचालन गर्न बार्षिक करिब एक करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार