थप १७७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार १२६ जनामा गरिएको परीक्षणमध्ये मंगलबार १७७ जनामा संक्रमण देखिएको हो । असार २६ गते १२१ र असार २७ गते १६८ जनामा संक्रमण देखिएको थियो । सक्रिय संक्रमितको संख्या ८७३ जना रहेका छन् ।

विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएका जिल्ला १४ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष ९आइसीयू०मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार