देशभरका ५९ जिल्ला साक्षर घोषणा, मधेस प्रदेशमा कुनै जिल्ला पनि भएनन् साक्षर

काठमाडौं । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर ५९ जिल्ला साक्षर घोषणा भएका छन् । केन्द्रका उपमहानिर्देशक डिल्लीराम लुइँटेलले अहिलेसम्म ५९ जिल्ला साक्षर घोषणा भएको जानकारी दिँदै मधेस प्रदेशका आठमध्ये कुनै पनि जिल्ला साक्षर घोषणा नभएको बताए । । मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अझै पनि निरक्षरको संख्या धेरै छ ।

गण्डकी, बागमती र प्रदेश १ का सबै जिल्ला साक्षर घोषणा भएका छन् । त्यसैगरी डोटी, बाजुरा, कञ्चनपुर र बाँके साक्षर घोषणाको तयारीमा छन् लुम्बिनी प्रदेशका कपिलवस्तु र बाँके, कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालिकोट डोल्पा साक्षर घोषणा हुन बाँकी छन् । सुदूरपश्चिमका कञ्चनपुर, डोटी र बाजुरा घोषणा हुन बाँकी छन् । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार