गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

  धनिलाल गर्बुजा

गलेश्वर। प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । गलेश्वरमा म्याग्दी, बागलुङ, पर्वत,पोखरा लगायत लगायत क्षेत्रबाट भक्तजनहरु आएका छन् ।

यस बर्ष साउन महिनाको पहिलो सोमबारका दिन विहानैदेखि भक्तजनको चहलपहल बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मलीले बताउनुभयो । साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने महिला तथा युवायुवतीको संख्या बढी छ । यहाँ पुजा गरेमा भगवान शिव खुशी भई मनोकांक्षा पुरा गरिदिने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।

कालीगण्डकी नदीको किनारमा ९ रोपनी चट्टानमाथि रहेको गलेश्वर मन्दीरमा शिवको पुजा गर्न आउने भक्तजनलाई ब्यवस्थित रुपमा पुजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समुह, लगायतले स्वयमसेवकको भूमिका निर्वाह गरेको छन् । कालिगण्डकी नदीबाट पम्पिङ गरेर तानिएको पानिलाई २५ हजार लिटर क्षमताको ओभरहेड टंकीमा संकलन गरेर धारामा भक्तजनलाई स्नान गर्ने व्यवस्था मिलाइएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार