नेपालमा ४५७ जना कोरोना संक्रमित थपिए ,१ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ ।

थप कोरोना संक्रमितको संख्यासँगै कोरोना संक्रमितको संख्या १ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार