नेपालमा फेरि बढ्ढै कोरोना संक्रमित,३५७ जना संक्रमित थपिए

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६८ जना र १ हजार ५०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १९ सय नाघेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ९८२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार