रघुगंगा गाउँपालिकामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय नै गरेर पालिकाको केन्द्रमा रहेको बैँक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रवन्ध मिलाएको हो ।गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएका सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैँकका कर्मचारीलाई वडा र वस्ती स्तरमै पु¥याएर वितरण गर्ने प्रवन्ध मिलाइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाका ८ वटै वडाका लाभग्राहीको प्रभु बैँकमा रहेको खातामा गत बैशाख देखि असार सम्मको सामाजिक सुरक्षा भत्ता पठाईसकिएको र भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैँक सम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैँकका कर्मचारीलार्इ बस्ती स्तरमा पु¥याएर वितरण गर्न थालिएको हो । गाउँ बस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने जनाइएको छ । रघुगंगामा कार्यतालिका नै बनाएर साउन ३ गतेदेखि वडा नम्बर ४ बाट गाउँ बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, मंगलवार वडा नम्बर ४ दग्नामको वडा कार्यालय र दर्मिजाको शिव आधारभुत विद्यालयमा गरि दुई स्थानबाट भत्ता वितरण गर्ने काम सकिएको छ ।

याे पनि…

https://myagdinews.com/2022/07/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5/

त्यसैगरि साउन ४ गते वडा नम्बर १ को बाँदुक र वडा कार्यालय बेग, ५ गते वडा नम्बर ७ को चिमखोला, ७ गते वडा नम्बर ६ को कोटगाउँ र वडा कार्यालय पाखापानी, १० गते वडा नम्बर ८ कुइनेमंगलेको वडा कार्यालय, १२ गते वडा नम्बर २ को वडा कार्यालय, देउराली आधारभुत विद्यालय र सिताराम टोल र १३ गते वडा नम्बर ३ को वडा कार्यालय र मालिका देवी आधारभुत विद्यालयबाट लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ । त्यसैगरी अन्नपुर्ण गाउँपालिकाले पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार