समाजसेवी क्याप्टेन पुनद्धारा दिवंगत श्रीमति र छोराको सम्झनामा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ कोट गाउँ घर भई हाल बेनी निवासी समाजसेवी क्याप्टेन मनबहादुर पुनले दिवंगत श्रीमती र माइला छोराको सम्झनामा विद्यालयमा अक्षयकोष सथापना गर्नुभएको छ । क्याप्टेन पुनले स्वर्गिय श्रीमति रबिसरा पुन र माइला छोरा मन प्रसाद पुनको सम्झनामा सोही कोटगाउँ स्थित जन आदर्श आधारभुत विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

क्याम्पसचोक स्थित एमके कम्प्लेक्सका संचालक समेत रहनुभएका समाजसेवी क्याप्टेन पुनले उक्त रकम विहिबार एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईबहादुर पुन र विद्यालयकी प्रअ फमाया पुनलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको समाजसेवी क्याप्टेन पुनले बताउनुभयो । विव्यस अध्यक्ष पुनले सहयोगप्रति क्याप्टेन पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार सो रकम मुद्धतिमा जम्मा गरिएको छ । उक्त रकमबाट आउने ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाईमा खर्च गरिने बताउनुभयो ।कक्षा पाँच सम्म पढाई हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार