जिल्ला बाल अधिकार समिति म्याग्दीको अध्यक्ष उपाध्याय

  म्याग्दी न्युज संवाददाता

बेनी । जिल्ला बाल अधिकार समितिको अध्यक्षमा कोमल प्रसाद उपाध्याय मनोनित हुनुभएको छ । गण्डकी प्रदेश सकारको असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट उपाध्यायलाई जिल्ला बाल अधिकार समितिको अध्यक्षमा मनोनित गरेको हो ।

गण्डकी प्रदेश सकारले बालबालिकाको सम्मान, संरक्षण र प्रवद्धन गर्दै उनीहरुको शारिरीक, मानसिक संवेगात्मक, बौद्धिक, सामाजिक एवम् भावनात्मक विकासका साथै सर्वोत्तम हितका लागि बनेको कार्यविधि अनुसार मन्त्री परिषदको निर्णयले अध्यक्ष चयन गर्ने कार्यविधि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार