रुमको गाल्दा पहिरो अपडेट : बेपत्ता तीनै जनाको शव भेटियो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । मंगलबार विहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले घर पुरिदा स्थानीय अन्दाजी ३७ बर्षिय घामबहादुर बिक सहित श्रीमति दुई छोरा र एक छोरी बेपत्ता हुनुभएको थियो ।

याे पनि…

रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता

वडा सदस्य भक्तिप्रसाद पुनका अनुसार, पहिरोमा बेपत्ता १७ बर्षिय जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको शव करिब ८ बजे फेला परेको थियो । भने घामबहादुर सहित ३२ बर्षिया श्रीमति रामु बिक र ८ बर्षिया छोरी रोजी बिकको शव ११ बजे भेटिएको हो ।

उहाँका अनुसार,सोही पहिरोले गोठे बिकको दुई घर पुरिएको हो । पहिरोले घर पुरिदा ६२ बर्षिय गोठे बिक र उहाँकी ६७ बर्षिया श्रीमति गोरी बिक घाइते हुनुभएको छ । स्थानीय युवाहरु तिलक पुन ,यामबहादुर बिक लगायतको टोली घटना स्थलमा उद्धारमा खटिएका थिए । यसैगरी पहिरोमा घामबहादुरका दुई खच्चर समेत पुरिएका छन् । अहिले इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार