पर्वतको धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । पर्वतको जलजला गाउँपालिका–७,धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभोल्टेज लाईन प्रशारण भएको स्थानिय आरके पौडेलले बताउनुभयो । विद्युत प्राधिकरणको लापरवाहीले यो घटना घटेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार ,करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । धारापानीकी ५० बर्षिया सिता केसीको मृत्यु भएको हो । मृतक केसीको शवलाई पोष्ट मार्टमको लागि कुश्मा लगिएको छ । घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर केसीको मृत्यु भएको हो । हाईभोल्टेज लाईनका कारण गाउँका करिब दुईसय घरधुरीका मिटरबक्स जलेका छन् ।

वितरण लाईन चुढिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन ।विद्युत कार्यालयको लारवाहिका कारण दुखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने बताउनुभयो ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष आचार्य,उपाध्यक्ष दिपक आचार्यवडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेका थिए । टान्सफर्मरबाट वितरण लाईनमा हाईभोल्टेज विद्युत प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ।

उपाध्यक्ष आचार्यका अनुसार ,घाइते हुनेहरुमा वीर बहादुर क्षेत्री ,देबि क्षेत्री,पुर्णिमा आचार्य,सरिता क्षेत्री ,टीका दर्जी ,बिमाया दर्जी ,कृष्ण बहादुर पुन,जगन गिरि ,बुद्दीराम दमाई ,बिनिता आचार्य, हरिकला आचार्य रहेका छन् । घाइते सबै जना म्याग्दीको बेनी अस्पतालमा सामान्य उपचार पछि डिश्चार्ज भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार