स्वर्गीय राम गौचनको स्मृतिमा मुस्ताङको कालिबराहमा मूर्तिको प्राण प्रतिष्ठा र सम्मान (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । स्वर्गीय राम गौचनको १५ औ स्मृति दिवसको अवसरमा जन्मस्थान मुस्ताङको थासाङ गाउँपालिका–३,कालापानीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्व. गौचनको सम्झनामा गाउँपालिका स्थित कालिबराह थानमा कालिबराह मूर्तिको विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ भने स्थानीय तहको निर्वाचनमा निर्वाचिन थासाङ्ग गापाका जनप्रतिनिलाई सम्मान एवं बधाई कार्यक्रम गरिएको छ।

मुस्ताङमा जन्मिएर म्याग्दीको पर्यटन, निर्माण सहित विभिन्न क्षेत्रमा सक्रिय स्वर्गीय गौचनको योगदानको स्मरण गरी मनाइएको स्मृति दिवसको अवसरमा गौचनको योगदानको चर्चा गरिएको थियो । स्मृति दिवसको अवसरमा थासाङ्ग गापाबाट निर्बाचित अध्यक्ष,उपाध्यक्ष कार्यपालिका सद्स्य तथा वढा अध्यक्ष  र सदस्यलाइ सम्मानपत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव शुसिल थकाली, गाउँपालिकाका इन्जिनियर स्याम मिजारलाई समेत योगदानको कदर गदैं सम्मान गरिएको थियो । स्व. गौचनको जन्मगाउँ कालापानीमा कालिबराहमा गर्न खोजेको अधुरा काम धर्मपत्नी तथा फाउन्डेसनकी अध्यक्ष बिमला गौचनले पुरा गरेको भन्दै गाउँपालिका अध्यक्ष प्रदिप गौचनले खुसी ब्यक्त गर्नुभयो ।

‘उहाँको सामाजिक अभियान अधुरै थियो, अब सबै मिलेर थप अभियानलाई सफल बनाउनुपर्छ’ गौचनले भन्नुभयो । उहाँले पालिकाबाट हुने सहयोग कुनैपनि हालतमा कमी नहुने बताउनुभयो ।सस्थाकी अध्यक्ष बिमला गौचनले आगामि दिनमा पनि थप योजनाहरुमा सँगै काम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नारायण दल गण प्रमुख सेनानि इन्द्र गुरुङ्ग गाउँपालिकाका जनप्रतिनिधि,समाजसेवी र मुखियाहरुको उपस्थिति थियो । कार्यक्रम सभापतित्व सस्थाकी अध्यक्ष बिमला गौचन, स्वागत मन्तव्य धौलागिरि बचत तथा ऋण सहकारीका संचालक सदस्य कृष्ण शेरचन र सञ्चालन सस्थाका सदस्य भरत बहादुर रकालले गर्नुभएको थियो ।

तत्कालिन समयमा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको कोषाध्यक्ष, थकालि सेवा समितिको सस्थापक अध्यक्षका साथै नेपाली कांग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्य, धौलागिरि सहकारी, निर्माण व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहनुभएका स्वर्गीय गौचन बि।स २०६४ साउन २८ गते स्वर्गाहरण हुनुभएको थियो ।  समाजसेवा र राजनीतिक यात्रामा गौचनको सम्झनामा फाउण्डेशनमार्फत विभिन्न सामाजिक एवम् मानवीय सेवामुलक कार्यहरु समेत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार