सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय रुपैयाँ

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो । यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २१० कायम रहेको महासङ्घले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार