संविधान सभा सदस्य तथा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष शर्मालाई पितृ शोक

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्मालाई पितृ शोक परेको छ । संविधानसभा सदस्य शर्माका ८३ बर्षिय पिता यामलाल शर्माको बिहिबार निधन भएको हो ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा बिहिबार घर ल्याउने क्रममा बाटोमा निधन भएको थियो ।हालको मालिका गाउँपालिका वडा नं ७ बिमको तत्कालिन गाविस अध्यक्ष समेत रहनुभएका शर्मा राजनीतिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय हुनुहुन्थ्यो । स्वर्गीय शर्माको ५ छोरी र २ छोरा छन् । स्वर्गीय शर्माको विहिबार नै धार्मिक परम्परा अनुसार कालिगण्डकी नदीमा अन्त्येष्टी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार