कांग्रेस गण्डकी प्रदेश सदस्य गौचनलाई पितृशोक

  म्याग्दी न्युज संवाददाता

बेनी। नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक परेको छ । गौचनका बुवा ९२ वर्षीय जयप्रसाद शेरचनको आज बिहान ८ बजे उपचारको क्रममा सामाखुशीस्थित अल नेपाल हस्पिटलमा निधन भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक सदस्यसमेत रहेका उनले राजा विरेन्द्र शाहबाट जनसेवा श्री गोर्खा दक्षिण बाहू पदक प्राप्त गरेका थिए । शेरचन स्व.राजा विरेन्द्रका नजिकका मित्र थिए । पञ्चायतकालमा पटक–पटक सांसदको उम्मेदवार भएका उनी २० वर्ष सम्म मुस्ताङका राष्ट्रिय पन्चायत सदस्य भएका थिए ।

उनको पार्थिव शरिर बिहान ११ बजेसम्म काठमाडौंको सामाखुशीस्थित घरमा राखिएको थियो । अहिले अन्टेष्टिका लागि म्याग्दी बेनी तर्फ लगिएको परिवारिक स्रोतले जनाएको छ । उनका सात छोरी र एक छोरा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार