पाँच दलीय गठबन्धन साझा घोषणापत्र सहित चुनावी अभियानमा जाने

  म्याग्दी न्युज संवाददाता

बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले म्याग्दीको विकाशका लागि साझा घोषणा पत्र सहित चुनावी मैदानमा जाने प्रतिबद्धतचा जनाएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय बेनीमा आयोजित बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सबै पार्टीले बनाएको घोषणापत्रलाई समेटेर गठबन्धनको साझा प्रतिबद्धता पत्र तयार गरिने बताइएको हो ।

प्रदेश सभा ‘क’ अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले समेत संविधानको रक्षाका लागि निर्मित गठबन्धनले म्याग्दीमा आवश्यक पर्ने पूर्वाधार सहित सम्रग विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत आधारभुत आवश्यकतालाई समेटेर पाँचबर्षभित्र म्याग्दीमा देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिक दलहरुको केन्द्रीय स्तरमा हुन लागेको चुनाबी तालमेलको निर्णय बमोजिम जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सक्रिय भूमिका खेल्ने वक्ताहरुले जोड दिएका थिए ।

 

नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको विकासमा दिर्घकालिन महत्व राख्ने साझा एजेण्डा लिएर जनतामाझ गएर चुनावमा इमान्दारीताका साथ परिचालन हुन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । “विकास निर्माणमा पछि परेको म्याग्दी जिल्लालाई अगाडी ल्याउने गठबन्धनको प्रमुख मुद्दा हो,” उहाँले भन्नुभयो “प्रतिस्पर्धीको भ्रम र प्रलोभनमा नपरी गठबन्धनका कार्यकर्ता इमान्दार भयो भने चुनावमा सफल हुन्छौ ।”

नेपाली काग्रेसका प्रदेशसभा क्षेत्र ‘क’का सभापति ओम छन्त्यालको अध्यक्षता, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको स्वागत र सुजन बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, माओवादीका प्रदेश सदस्य विनोद केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतका जिल्ला स्थित शिर्ष नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार