जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

  म्याग्दी न्युज संवाददाता

जुम्ला । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा २२ बर्षका रमेश शाही, रमेशकी पत्नी २२ बर्षकी पानसरा शाही, रमेशका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षकी विद्या शाहीको मृत्यु भएको हो ।

घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । सरस्वतीको अवस्था गम्भीर छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दको टोली पुगेको छ । अनलाइनखबर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार