जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुग्यो

  म्याग्दी न्युज संवाददाता

जाजरकोट । जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटीमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट २०० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी एकै वडाका ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए । नेपालपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार