प्रधानाध्यापकहरुको शैक्षिक अवलोकन भ्रमण

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको छ । सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने उद्धेश्यले गाउँपालिकाको शिक्षा शाखाले २८ मंसिर देखि १ पुस सम्म नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको हो ।

तनहुँको सत्यवती नमुना मावि ,चितवनको नारायणी नमुना मावि साथै कास्कीको शितलादेबी माविको शैक्षिक ,आर्थिक,भौतिक ,वातावरणीय लगायत अन्य विविध पक्षको अध्ययन अवलोकन भ्रमण गराइएको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । गाउँपालिका भित्रका ३८ वटै विद्यालयका प्रअ लगायत शिक्षा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । मालिका गाउँपालिका मार्फत शैक्षिक भ्रमणमा सहभागि हुनुभएका प्रअ र तीन वटै विद्यालयका प्रअ एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विच दोहोरो अन्तरक्रिया एबम छलफल भएको थियो ।

नमुना विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शैक्षिक गुणस्तर अभिबृद्धीका लागि गरिएका सकारात्मक असल अभ्यास एबम प्रयासका बारेमा जानकारी गराएका थिए । उक्त शैक्षिक भ्रमणले गाउँपालिकाको शैक्षिक गुणस्तर अभिबृद्धीमा टेवा पुग्ने विश्वास लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो । गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजाले भ्रमणमा सिकेका सम्पूर्ण विषय बस्तुहरुलाई मालिका गाउँपालिकाका विद्यालयहरुमा सिकेका असल अभ्यासलाई प्रयोगमा ल्याई शैक्षिक ज्ञान, सिप र क्षमता अभिबृद्धी गरी विद्यालयको समग्र पक्षको गुणस्तर अभिबृद्दीमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार