७ बुँदे नारच्याङ घोषणापत्र जारी गर्दै म्याग्दी मिडिया सोसाईटीको छैठौं साधारणसभा सकियो

  म्याग्दी न्युज संवाददाता

नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टेवा पुग्ने नीति तथा कानुन निर्माण र जिल्लाबासी र आम सरोकारवालाहरुको लागि प्रकाशन तथा प्रशारण हुने विज्ञापन, सूचनाहरु जिल्लामै सञ्चालनमा रहेका मिडियाहरुमा प्रकाशन तथा प्रशारणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हनन्मा नयाँ चुनौतीहरू थपिएको सन्दर्भमा यो केन्द्रीय साधारणसभा आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग र सम्वद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नमाथि कानूनी कारबाहीका लागि माग गरेको छ । पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू उपलब्ध गराउन सम्पूर्ण सञ्चारमाध्ययमहरु र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गरेको छ ।

याे पनी‍‍‍‍‍‍…

‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)

म्याग्दीका स्वरोजगारमूलक तथा अन्य सञ्चार माध्यमको दीगोपनका लागि संघीय सरकारले पत्रपत्रिकाहरुलाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापन अन्य विधाका सञ्चार माध्ययमहरुलाई समेत प्रदान गर्ने वातावरण सिर्जना गर्न नेपाल पत्रकार महासंघ लगायतका निकायहरुमार्फत ध्यानकर्षण गराउने र जिल्लामा रहेका स्थानीय तहहरुलाई समेत आफ्ना नागरिकहरुका लागि प्रवाह गर्ने सूचना तथा सन्देशहरु स्थानीय सञ्चार माध्ययम मार्फत व्यवस्थित र प्रभाबकारी ढंगले प्रकाशन तथा प्रशारणका लागि लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि निर्माण गर्न माग गरेको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

पर्यटन, कला, संस्कृति र जलविद्युतमा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना ९छहराखोला झरना० लगायत अन्नपूर्ण प्रथम आधार शिविर, अन्नपूर्ण पदमार्ग संगै गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक स्थल र मौलिक कला र संस्कृतिहरुको प्रचार प्रसार र प्रवद्र्धनमा म्याग्दीका सम्पूर्ण मिडिया र मिडियाकर्मीहरुको प्रतिबद्धता जनाउँदै सम्वद्ध सबैलाई यस अभियानमा लाग्न र अन्नपूर्ण गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजना र विकास निर्माण योजनाहरुको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत निकायको ध्यानकर्षण गराउन आह्वान गरेको छ ।

साधारणसभामा सचिव अमित विश्वकर्माले प्रस्तुत गरेको प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको छ । सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपाकिलाका अध्यक्ष भारतकुमार पुन रहनुभएको थियो । कार्यक्रममा अन्नपूर्ण गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण ४ नम्बर वडा अध्यक्ष लोकप्रसाद फगामी, सोसाइटीका संस्थापक अध्यक्ष गोपाल छन्त्याल, वडा सदस्य श्याम पुर्जा, अन्नपूर्ण युवा क्लवका अध्यक्ष टक पुन लगायतको उपस्थिति थियो । सो कार्यक्रममा रु। आठ हजार ८०० राशीको मिडिया सोसाइटी अवर्डाबाट पत्रकार सन्तोष गौतमलाई पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार