नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई

  म्याग्दी न्युज संवाददाता

म्याग्दी।म्याग्दीको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकमा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा १० स्वर्ण, १० रजत र ९ कास्य पदक हात पार्दै माउण्ट एभरेष्ट आवासिय मावि द्धितिय र ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय मावि तृतिय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता, उपबिजेता र तृतिय हुने विद्यालयलाई क्रमश ः ५१ हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विद्यागत प्रथम र द्धितिय तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खमवीर), बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने लगायतले बिजेता विद्यालय र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार