जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

  म्याग्दी न्युज संवाददाता

दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माध्यमिक विद्यालयको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सञ्चालन भएको छ । जनता मावि दग्नामले आइतबारदेखी आयोजना गरेको अभिभावक अन्तर विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ आफ्नो ६३औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको हो ।

माघे संक्रान्तिको अवसर पारेर सुरु गरेको कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष पविन गर्बुजाले विद्यालयलाई यो स्थान सम्म ल्याउन ओहरात्र खतिनु भएका पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षा प्रेमी, चन्दा दाता तथा अन्य शुभेच्छुक सबैलाई धन्यवाद दिदै राज्यले शिक्षा क्षेत्रमा लगानी गरेपनी त्यो प्रयाप्त नभएको भन्दै शिक्षा क्षेत्रमा देखिएका भिविन्न सम्स्यहरु पनी राज्यले समाधान गर्नु पर्नेमा जोड दिनु भयो । विद्यालयको गुणस्तर सुघार गर्न प्रतिबद्ध रहेको बताउदै यसमा सबैको सहयोग आवश्यक रहेको वडा अध्यक्ष गर्बुजाले बताउनु भयो ।

२०१६ सालमा स्थापना भएको आधारभूत विद्यालय २०३४ मा निम्नमाध्यमिक र २०६९ सालमा माध्यमिक विद्यालय सञ्चालन भए पश्चात जनता माविले यो पहिलो पटक ६३औं बार्षिक उत्सव मनाउन लगेको रघुगंगा गाँउपालिका निवर्तमान उपाध्यक्ष कमला तिलिजाले बताउनु भयो ।
कार्यक्रममा आर्थिक चन्दा दाता बिन्द गबर्जाुले विद्यालयले विगतको तुलनामा भौतिक तथा शैक्षिक गुणस्तरको प्रगती भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनी सकेको सहयोग गर्ने बताउनु भयो । विव्यस सदस्य कृष्ण गर्बुजाले विद्यालयको शैक्षिक क्षेत्रलाई उचाई दिन सहकार्यको आश्यक रहेको बताउदै साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो ।

माघ १ गते पहिलो दिन कार्यक्रमको  उद्घाटन तथा अभिभावक महिला भलिबल, बेलुन फुुताउने, एथ्लेटिक्स सम्बन्धी खेलहरु, २ गते अभिभावक पुरुष भलिबल, अन्धा निशाना, म्युजिकल चेयर, एथ्लेटिक्स सम्बन्धि खेलहरु, ३ गते सम्पुर्ण खेलहरुको फाईनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

माघ ४ गते संघिय सांसद माननीय खमबहादुर गर्बुजा ‘खम्विर’को प्रमुख आतिथ्यतामा पूर्व प्रअ, विव्यस अध्यक्ष तथा आर्थिक सहयोगी दाताहरुलाई सम्मान सहित विद्यालयको गतिविधि प्रस्तुत तथा विविध साँस्कृतिक कार्यक्रम रहेको विद्यालयका प्रअ गुन पुनले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘विद्यालय र समुदाय बिच समुधर सम्बन्ध कायम नभई रहेको अबस्थामा ति सम्बन्धहरुलाई स्थापित गर्न यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने छ’ ।

विव्यस अध्यक्ष धनिलाल गर्बाुजको अध्यक्षता वाल क्लवका संयोजक शिक्षक रमेश कुवरको स्वागत र शिक्षक खड्क गर्बुजाकले सञ्चालन गरेको कार्यक्रमा वडा जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी, शिक्षक, अभिभावक, कलाकार, खेलाडी, बिधार्थाी तथा सरोकारवलाको उपस्थिति हरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार